कोलकाताः पश्चिम बंगालमा निवेशको लक्ष्य लिएर विदेश यात्रामा रहेकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई अझ एउटा सफलता हात लागेको छ। स्पेनपछि दुबईमा उनले महत्वपूर्ण बैठकहरू गरिन् जसमा धेरैभन्दा धेरै निर्यातमा सहमति बनेको छ।
शुक्रवार राति उनले यूएईमा विदेश व्यापार मन्त्री अर्थात बिन अहमद अल जायोगीसॅंग बैठक गरिन्। बैठकमा ममता ब्यानर्जीको सरकारले यूएईलाई धेरैभन्दा धेरै निर्यात गर्ने कुरामा सहमति बनेको छ। दुवैले पश्चिम बंगालसॅंग यूएईको व्यापार सम्बन्धहरूलाई बलियो बनाउन चर्चा गरे।
मुख्यमन्त्री ब्यानजीले भनिन्, पश्चिम बंगालबाट निर्यात हुने कुल मालको १२ प्रतिशत संयुक्त अरब अमीरात जान्छ। पश्चिम बंगालको वित्तीय विकास दर देशका अन्य राज्यहरूको तुलनामा सबैभन्दा तीव्र छ। २०२३-२४ मा राज्यको जीडीपी २१ हजार २०० मिलियन अमेरिकी डलर पुग्नेछ, जुन भारतीय मुद्रामा १७ लाख ५८ हजार करोड़ रूपियॉं हो।
पश्चिम बंगाल सरकारले २१ र २२ नोभेम्बरमा विश्व बंगाल व्यापार सम्मेलनको आयोजना गरिरहेको छ। ममताले यूएईका मन्त्री र उनको नेतृत्वमा रहेको टीमलाई पनि सम्मेलनमा आमन्त्रित गरिन्। संयोगवश, गत वर्ष संयुक्त अरब अमीरात यो विश्व व्यापार सम्मेलनमा भागीदार देश थियो।