आठ वर्षीय नानीको बुद्धिमत्ताका कारण ट्रेन दुर्घटना हुनबाट जोगियो

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः पश्चिम बंगालको मालदा जिल्लामा सिलचर गइरहेको सियालदह कन्चनजङ्घा एक्सप्रेस दुर्घटनाग्रस्त हुनबाट जोगिएको छ। एक आठ वर्षीय बालकको बुद्धिमत्ताका कारण रेल दुर्घटना हुनबाट जोगिएको हो। प्राप्त जानकारी अनुसार, बालकले रेल-लिक छेउ एउटा ठूलो खाडल देखे। बालकले रातो रङ्गको टी-शर्ट लगाएका थिए। उसले आफुले लगाएको टी-शर्ट खोलेर हल्लाउन थाले। सोही रेल ट्र्याकमा आइरहेको ट्रेनका चालकले बालकलाई देखेपछि ट्रेन रोके। घटना शुक्रवार दिउॅंसो ३ः३० बजी हो हो। नानीको नाम मुरशाली हो। उनी मालदा जिल्लाको तालुका रोड स्टेशन छेउस्थित गाउॅं निवासी हुन्।

रेलवे अधिकारीसॅंग भेट भएपछि बालकले दुर्घटना हुन सक्ने सम्भावनाका कारण आफुले यसो गरेको बताए। अधिकारीले बालकलाई निकट भविष्यमा सम्मानित गर्ने बताएका छन्। बालक कोरियाली बारिनवार मिशन विद्यालयका विद्यार्थी हुन्। बालकको बुद्धिमत्ताका कारण ठूलो ट्रेन दुर्घटना हुनबाट जोगिएको छ भने बालकले आफ्नो गाउॅंको नाम रोशन गरेको गाउॅंवासीहरूको भनाई छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement