एशियाली खेलः महिला टेबल टेनिसमा नेपालकाे हार

IMG-20230923-WA0223.jpg

हांगझू: भारतीय महिला टेबल टेनिस टीमले शनिवार पूल एफ-को आफ्नो दोस्रो म्याचमा नेपाललाई ३-० ले हराएर एशियाली खेलहरूमा आफ्नो विजयी अभियानलाई कायम राखेको छ। भारतीय महिला टीमले यसअघि शुक्रवार आफ्नो पहिलो म्याचमा सिंगापुरलाई गराएको थियो।

नेपाल विरूद्ध दिनको पहिलो स्पर्धामा भारतीय खेलाडी दीया चितलेको भिडन्त नेपाली खेलाडी श्रेष्ठा सुवालसॅंग भयो। चितलेले यो स्पर्धा केवल १३ मिनटमा ३-० (११-१, ११-६, ११-८) जितिन्।

स्पर्धाको दोस्रो म्याच भारतकी अयहिका मुखर्जी र नेपालकी नवीता श्रेष्ठबिच खेलियो। शुरूमा ०-३ ले पछि परेपछि अयहिकाले उत्कृष्ट प्रदर्शन गर्दै ११-३ ले पहिलो गेम जितिन्। अयहिकाले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै दोस्रो गेम ११-७ ले जितेर २-० को बढ़त दिलाए।

तेस्रो तथा अन्तिम गेममा अनुभवी भारतीय खेलाडी सुतीर्था मुखर्जीको भिडन्त इवाना थापा मगरसॅंग भयो। सुतीर्थाले यो म्याच ३-० (११-१, ११-५, ११-२) ले जितेर भारतीय टीमलाई ३-० ले जित दिलाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement