कोलकाता: पश्चिम बंगालमा डेङ्गूको प्रकोप बढ्दै गइरहेको छ। गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। एक स्वास्थ्य अधिकारीले शनिवार यसको पुष्टि गरेका छन्।
स्वास्थ्य अधिकारी अनुसार, बिहिवार र शुक्रवारबिच छजनाको मृत्यु भयो। दुईजनाको मृत्यु कोलकातामा भएको छ। एक मृतक सल्टलेक तथा अर्का बाघा जतिन निवासी थिए। यसरी नै पश्चिम मेदिनीपुरको घटाल निवासी दुई व्यक्तिको मृत्यु भएको छ।
यस अतिरिक्त, खड़गपुर निवासी दुई व्यक्तिको डेङ्गूले मृत्यु भएको छ। राज्यमा हलसम्म डेङ्गू संक्रमणले ३० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
यस बिच केरलाबाट कोलकाता फर्किएका भाइरल फीवरले ग्रसित युवकलाई बेलेघाटा रोड अस्पतालमा भर्ती गरिएको थियो। युवक निपाह भाइरसले संक्रमित हुन सक्ने आशंका व्यक्त गरिएको थियो। यद्यपि, शुक्रवार उनको जॉंच रिपोर्ट नेगेटिभ आएको छ।