कोलकाता बन्यो जलमग्न

08fa6b1c-19f0-11ec-8372-9724726ad21c_1632132484758.webp

कोलकाता: पश्चिम बंगालको राजधानी कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा भइरहेको अबिरल वर्षाका कारण राज्यका अधिकांश ठाउॅंहरू जलमग्न बनेका छन्। यसको जनजीवनमाथि निकै प्रभाव परेको छ।

गत चार दिनदेखि निरन्तर रूपमा परिरहेको भारी वर्षाका कारण कोलकाताको बड़ा बाजार, दमदम, कांकुड़गाछी अन्डरपास, खिदिरपुर, सेण्ट्रल एवेन्यूका क्षेत्रहरूमा घुॅंडासम्म पानी जमेका छन्। कोलकाता नगर निगमको जल निकासी व्यवस्था पूर्णरूपमा ठप्प बनेको छ।

मौसम विभाग अनुसार, गत २४ घण्टामा २३.६ मिलीमिटर वर्षा रेकर्ड गरिएको छ। यस कारण अधिकांश ठाउॅंहरू जलमग्न छन्। न्यूनतम तामक्रम २६.१ डिग्री सेल्सियस र अधिकतम तापक्रम २९.५ डिग्री सेल्यियस छ, जुन सामान्यभन्दा तीन डिग्री कम हो।

हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि पानी पर्ने क्रम जारी छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि निरन्तर पानी परिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement