१३ जुलाईः म्यानचेष्टर युनाइटेडको निम्ति गत सीजन चरम निराशाजनक रह्यो। टीमले च्याम्पियन्स लीग खेल्ने योग्यतासम्म पनि हासिल गर्न सकेन। त्यहीमाथि टीमका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो यस सीजनमा क्लबमा बस्नेछन् या छैनन् भन्ने पनि तय छैन। यसबीच प्री-सीजन फ्रेण्डली म्याचमा रोनाल्डो बिना मैदानमा ओर्लिने म्यानचेष्टर युनाइटेडले लिभरपूल विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। मंगलवार थाईल्याण्डमा भएको यस म्याचको परिणामले टीमका नयाँ प्रशिक्षक एरिक टेन ह्यागको आत्मविश्वास अवश्यै बढ़ाउनेछ।

म्यानचेष्टर युनाइटेडका प्रशंसकहरू पनि यस जीतले खुशी भएका छन्। ईंग्लिश प्रीमियर लीगको गत सीजनमा म्यानचेष्टर युनाइटेडले लिभरपूल विरुद्ध दुईवटा म्याचमा ९ गोल खाएको थियो तर यसपाली यादगार जीतले नयाँ सीजन अघि टीमको मनोबल अवश्यै बढ़ाउनेछ।

म्याचमा ४७ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर युनाइटेडले मध्यान्तर अघि नै ३ गोल गरी लिभरपूलको हार सुनिश्चित गऱ्यो। टीमबाट जेडोन साञ्चोले १२औं, फ्रेडले ३०औं र एन्थोनी मार्शियलले ३३औं मिनटमा गोल गरे। त्यसपछि फाकुण्डो पेलिस्ट्रीले ७६औं मिनटमा अझ एक गोल गरी टीमलाई ४-०-ले जीत दिलाए।








