खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) द्वारा जीटीए चुनाउको विरोध गर्दै साथै जीटीए जस्तो असंवैधानिक व्यवस्था रद्द गर्नु पर्ने एवं पहाड़को स्थायी राजनैतिक समाधानको निम्ति त्रिपक्षीय बैठकको व्यवस्था गरिनु पर्ने मांग गर्दै खरसाङ महकुमा शासकमार्फत राज्यकी मुख्यमन्त्रीलाई एउटा ज्ञापन पत्र पठाएका छन्। एउटा प्रेस विज्ञप्ति जारी गर्दै जीएनएलएफ युवा एकाईका खरसाङ महकुमा समिति महासचिव सन्तोष सुब्बाले जनाए अनुसार धेरै संख्यामा पार्टीका कार्यकर्ता, पार्टी खरसाङ शाखा प्रमुख निमा लामाको नेतृत्वमा महकुमा शासलाई ज्ञापन चढाएको छ। यस अवधि पत्रकारहरुसित बोल्दै पार्टी प्रवक्ता भूपेन गुरुङले जन मानसको आकांक्षाको विरोधमा गएर यदि सरकारले असंवैधानिक व्यवस्था जबर्जस्ती थोप्छ भने गोरामुमो चुप लागेर बस्ने छैन् साथै जीटीए चुनाउ गराउँछ भने पहाड़ अशांति भए त्यसको जिम्मेवार सरकार नै हुनुपर्छ भनी बताएका छन्।
त्यती मात्र होइन, गुरुङले भ कतिपय नेतृत्व वा दलहरुले जीटीए चुनाउको पक्षमा रहेको छन् वा जीटीए चुनाउको वकालत गरिरहेको छन्। ती व्यक्तिहरुले शहीदको बलिदान साथै जनमानसको भावनालाई कदर गर्दै असंविधानिक जीटीएलाई त्याग गर्न पर्छ भनी तिनले बताए।