सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टः रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो एसआरएस ब्ल्यू टीम

photocollage_2023923122148465.jpg

२३ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा शुक्रवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। रोमाञ्चले भरिएको यस म्याचमा आयोजक सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (एसआरएस)-को ब्ल्यू टीमले मंगपूको शारदा हाई स्कूललाई पेनल्टी शूटआउटमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

म्याच हारे पनि शारदा हाई स्कूलका निमा गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २५ सेप्टेम्बर अनि फाइनल २७ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement