२३ सेप्टेम्बरः खेल मन्त्री अनुराग ठाकुरले अरुणाचल प्रदेशका तीनजना वुशू खेलाड़ीलाई एशियन गेम्समा हिस्सा लिनको निम्ति चीन सरकारले नियमित भिजा दिन अस्वीकार गरेपछि एशियन गेम्सको निम्ति आफ्नो चीन यात्रा रद्द गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताएअनुसार, भारत आफ्नो हितहरूको रक्षाको निम्ति कदम उठाउने अधिकारलाई सुरक्षित राख्दछ। बागचीले भने, चीनको कार्वाही विरुद्ध हाम्रो विरोध प्रतीकको रूपमा भारतका सूचना एवम् प्रसारण र युवा मामिला र खेल मन्त्रीले एशियन गेम्सको निम्ति चीनको आफ्नो निर्धारित यात्रा रद्द गरेका छन्। भारत सरकार हाम्रो हितहरूका रक्षाको निम्ति उचित उपाय गर्ने अधिकार सुरक्षित राख्दछ। भारत आफ्नो खेलाड़ीहरूसँग चीन सरकारको व्यवहारलाई खारेज गर्दछ। चीनका अधिकारीहरूले लक्षित र पूर्व-निर्धारित तरिकाले अरुणाचल प्रदेश राज्यका केही भारतीय खेलाड़ीहरूलाई हांगझोऊमा हुने १९औं एशियन गेम्समा मान्यता र प्रवेशबाट वञ्चित गरेर उनीहरूसँग भेदभाव गरेको कुरा भारत सरकारलाई थाहा छ। हाम्रो दीर्घकालिक र सुसंगत स्थितिको अनुरूप भारत निवास या जातीयताको आधारमा भारतीय नागरिकहरूसँग भेदभावपूर्ण व्यवहारलाई दृढ़ताको साथ गरिन्छ। अरुणाचल प्रदेश भारतको अभिन्न अनि अविभाज्य हिस्सा थियो अनि सदा रहनेछ। उल्लेखनीय छ, अरुणाचल प्रदेशका तीनजना वुशू एथलीट ओनिलु तेगा, मेपुंग लाम्गु हांग्जो र न्योमान वांगसुले एशियन गेम्समा हिस्सा लिन सकेनन्।