भारत ५ विकेटले विजयी

IMG-20230922-WA0224.jpg

२२ सेप्टेम्बरः भारतले पहिलो वनडे इण्टरनेशल क्रिकेट म्याचमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथै आयोजक भारतले तीनवटा वनडे म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। मोहालीको पञ्जाब क्रिकेट एसोसिएशन आईएस बिन्द्रा स्टेडियममा शुक्रवार टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाई टीम ५० ओभरमा २७६ रन बनाएर अलआउट भयो। ओपनर डेविड वार्नरले ५३ बलमा ६ वटा चौका र २ वटा छक्काको साथ सर्वाधिक ५२ रन बनाए। यसबाहेक विकेटकीपर जोस ईंग्लिशले ४५, स्टीव स्मिथले ४१, मार्नस लाबुशेनले ३९, क्यामरुन ग्रीनले ३१ र मार्कस स्टोइनिसले २९ रनको योगदान दिए। भारतीय बलरहरूमा मोहम्मद शमीले सर्वाधिक ५ विकेट लिए। जवाफमा भारतले ४८.४ ओभरमै ५ विकेट गुमाएर २८१ रन बटुलेर म्याच जित्यो। शुभमन गिलले ६ वटा चौका र २ वटा छक्काको साथ ६३ बलमा सर्वाधिक ७४ रन बनाए। यसबाहेक उनका ओपनिंग जोड़ीदार रुतुराज गायकवाड़ले १० वटा चौकाको साथ ७७ बलमा ७१ रन बनाए। यी दुईले पहिलो विकेटको निम्ति २१.४ ओभरमा १४२ रनको पार्टनरशीप गरी भारतलाई असल शुरुवात दिलाए। त्यसपछि श्रेयस अय्यर (३) र ईशान किशन (१८) झटपट आउट भए पनि कप्तान केएल राहुल र सूर्यकुमार यादवले अर्द्धशतकको साथ भारतलाई जीत दिलाए। केएल राहुलले अविजित ५८ रन बनाए। उनले ६३ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए। यसरी सूर्यकुमारले ५ वटा चौका र एउटा छक्काको साथ ४९ बलमा ५० रन बनाए। रविन्द्र जडेजा ३ रनमा अविजित रहे। अष्ट्रेलियाई बलरहरूमा स्पिनर एडम जाम्पाले २ विकेट लिए। यी दुई टीमबीच दोस्रो वनडे म्याच आइतवार खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement