मुख्यमन्त्रीको भ्रमणलाई लिएर अन्तिम समीक्षा बैठक सम्पन्न

n54024697816954052500197ab8fe079c86394532d8aecc6375c92c714cd1057c570923312ed9d9d6352967.jpg

मंगन: मुख्यमन्त्री प्रेमसिंह तामाङले आगामी २५ सेप्टेम्बरदेखि उत्तर सिक्किमको मंगन जिल्ला भ्रमण गर्ने भएका छन्। मुख्यमन्त्रीको भ्रमणलाई ध्यानमा राख्दै आज लाचेन-मंगनका क्षेत्र विधायक एवं मन्त्री साम्डुप लेप्चाको अध्यक्षतामा अन्तिम समीक्षा बैठक आयोजन गरियो।

बैठकमा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव, जिल्लापाल, पुलिस अधीक्षक, एडीएम, एडीसी तथा अन्यहरू उपस्थित थिए।

मन्त्री लेप्चाले मुख्यमन्त्रीलाई धन्यवाद दिॅंदै उनको भ्रमणको महत्वमाथि प्रकाश पारे। उनले विभागीय प्रमुखहरू र विभिन्न विभागका सम्बन्धित प्रतिनिधिहरूसॅंग मुख्यमन्त्रीको यात्रा कार्यक्रमहरूमाथि चर्चा गरे। उनले मुख्यमन्त्रीको भ्रमणलाई सफल तुल्याण सबैलाई मिलेर काम गर्न आह्वान पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement