मुख्यमन्त्रीले महिला आरक्षण विधेयक पारित भएकोमा खुशी व्यक्त गरे

Screenshot_20230916_232100_Google.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले लोक सभा र राज्य सभामा महिला आरक्षण विधेयक पारित भएकोमा खुशी व्यक्त गर्दै राज्य अनि देशका महिलाहरूलाई हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा महिला आरक्षण विधेयक ‘नारी शक्ति वन्धन अधिनियम’ लोक सभा र राज्य सभामा पारित भएकोमा खुशी व्यक्त गरेका छन्। यस ऐतिहासिक कानुनले तल्लो सदन र विधान सभाहरूमा महिलाहरूलाई उल्लेखनीय ३३ प्रतिशत आरक्षण प्रदान गर्ने लक्ष्य राखेको उनले जानकारी गराएका छन्।

उनले खुशी व्यक्त गर्दै सिक्किमलगायत देशका सम्मानित महिलाहरूलाई बधाई दिएका छन्। यसैगरी, मुख्यमन्त्रीले देशका प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारप्रति पनि कृतज्ञता व्यक्ति गरेका छन्।

About Author

Advertisement