विद्या भारतीको अखिल भारतीय कार्यकारिणी बैठक शुरू

n5402325141695404973354fdfa6be196529d8ed015e9a6468d3210ea37a243c10acf2eb0f2bbf02fc907cf.jpg

गान्तोक: विद्या भारतीको अखिल भारतीय कार्यकारिणी बैठक २२ सेप्टेम्बरदेखि उत्तर प्रदेशको गोरखपुरस्थिति पक्कीबाग सरस्वती शिशु मन्दिरमा शुरू भएको छ। आगामी २४ सेप्टेम्बरसम्म चल्ने यस तीन दिवसीय बैठकमा देशभरिबाट १६० भन्दा धेरै प्रतिनिधिहरू उपस्थित रहने बताइएको छ।

अखिल भारतीय कार्यकारिणी बैठकमा विद्या भारती सिक्किमबाट महामन्त्री विजय कुमार शर्मा र अखिल भारतीय सह-मन्त्री पवित्रा दाहालले पनि भाग लिइरहेका छन्। सह सरकार्यवाह डा. कृष्ण गोपालको विशेष सान्निध्यमा सम्पन्न भइरहेको उक्त बैठकमा विद्या भारतीको कार्य स्थिति, कार्यको सशक्तिकरण, शिक्षा गुणवत्ता, राष्ट्रिय शिक्षा नीतिको कार्यान्वयन, समाज परिवर्तन आदि विषयहरूमाथि चर्चा हुने बताइएको छ।

अर्कोतिर, भोलि २३ सेप्टेम्बरदेखि ओडिशामा शुरू भइरहेको क्षेत्रीय खेलकुद प्रतियोगितामा भाग लिन विद्या भारती सिक्किमका विद्यार्थीहरू पनि ओडिशा प्रस्थान भएका छन्। २४ सेप्टेम्बरसम्म चल्ने यस प्रतियोगितामा सिक्किमबाट १५ जना विद्यार्थी र तीनजना आचार्यको टोली प्रस्थान भएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement