मन्त्री कर्मा लोडे भोटियाद्वारा गरे स्टेच्यु अफ् यूनिटीको निरीक्षण

IMG-20230922-WA0233.jpg

गान्तोक: उत्तर जिल्लाको कवि लुङचोकमा अवस्थित एकताको प्रति (स्टेच्यु अफ् यूनिटी) को हाल सुन्दरीकरणको कार्य तीब्रस्तरमा चलिरहेको छ। यसै क्रममा आज सोही निर्वाचन क्षेत्रका विधायक एवम वनमन्त्री कर्मा लोडे भोटियाले आज निर्माणधीन कार्यको निरीक्षण गरे। उक्त स्थललाई पर्यटकहरूको निम्ति आकर्षित बनाउने उद्देश्यले विभिन्न स्थानमा पूर्वधारको विकास कार्य सम्पन्न भइरहेको मन्त्री भोटियाले जानकारी गराए। यस निर्वाचन क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गराउनको निम्ति विभिन्न पूर्वधारको विकास भइरहेको हुनाले निकट भविष्यमा एक दिन भए पनि पर्यटकहरूलाई यहाँ बस्नको निम्ति व्यवस्था गर्ने उद्देश्यले काम गरिरहेको मन्त्रीको भनाइ रहेको छ। १ करोड २४ लाख मूल्यको लागतमा निर्माण हुन गएको यस परियोजनाले अवश्य पनि पर्यटकहरूलाई लोभ्याउन सक्ने बताए।मंगन जिल्लाको विभिन्न स्थानको भ्रमण गरेर फर्किएका पर्यटकहरूले एक रात भए पनि यस निर्वाचन क्षेत्रको निम्ति समय दिन सकेमा अवश्य पनि यहाँका मानिसहरूरूपमा मजबुत हुन सक्ने बताए। यदि १ करोड २४ लाखमा पनि यसको निर्माण कार्य अधूरो भएको खण्डमा केन्द्र सरकारबाट पून धनराशिको निम्ति अपील गर्ने उनको भनाइ रहेको छ। यस परियोजना आगामी ४ महिना भित्रमा पुरा हुन सक्ने उनले सम्भावना व्यक्त गरेका छन्। यदि यो परियोजना पूरा भएमा अवश्य पनि उत्तर जिल्लामा आउने पर्यटकहरूले यहाँको सुन्दर र मनोरम दृश्यको अवलौकन गर्ने उनले मन्तव्य प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement