विशेषज्ञहरूका विचारलाई गम्भीरतापूर्वक लिँदैनन् बुमराह

IMG-20220713-WA0183.jpg

१३ जुलाईः भारतका पेस बलर जसप्रीत बुमराहले खेलको सबै तीनवटा प्रारूप (फर्मेट)-मा कार्यभार प्रबन्धन (वर्कलोड म्यानेजमेण्ट) मुश्किल रहेको अनि तीन महिना पछि टी२० विश्व कप रहेको हुनाले यस साल सबैभन्दा अधिक ध्यान खेलको छोटो प्रारूपमा दिएको कुरालाई स्वीकार गरे। मंगलवार ईंग्ल्याण्ड विरुद्ध पहिलो वनडे म्याचमा करियरको सर्वश्रेष्ठ प्रदर्शन गर्दै १९ रनमा ६ विकेट हासिल गर्ने बुमराहले यस साल तीन महिनापछि अष्ट्रेलियामा आईसीसी टी२० विश्व कप रहेको हुनाले टी२० प्रारूपमा अधिक ध्यान दिएको पनि स्पष्ट गरे। ईंग्ल्याण्ड विरुद्ध पहिलो वनडे म्याचमा १० विकेटले एकतर्फी जीत हासिल गरेपछि बुमराहले भने, यो धेरै कुराहरूका संयोजन हो अनि यो कुरा तपाईंले कुन म्याच चयन गर्नु हुन्छ भन्नेमा मात्र निर्भर हुँदैन। जस्तै यस साल विश्व कपको आयोजन हुनेछ अनि हामीले त्यही प्रारूप (यस साल टी२०)-लाई अधिक प्राथमिकता दिने आवश्यकता छ। यसरी नै कुनै साल विश्व टेस्ट च्याम्पियनशीपको फाइनल रहे टेस्ट क्रिकेटमा अधिक ध्यान दिनु पर्छ।
भारतको अन्तर्राष्ट्रिय कार्यक्रम निक्कै व्यस्त रहेको छ कारण २०२० र २०२१-मा धेरै सीरीजहरू कोविड-१९ महामारीले गर्दा स्थगित भएको थियो। बुमराह यस कुरासँग अवगत छन्। उनले भने, तपाईंले क्यालेण्डरमा ध्यान दिनु पर्छ।गत दुई वर्ष हामीले कोविडले गर्दा धेरैवटा सीरीज खेल्न सकेनौं। यसैकारण हामीले लगातार क्रिकेट खेल्नु परिरहेको छ। यसैकारण धेरै जागरूकताको आवश्यकता छ। तपाईंले टीमका ट्रेनर, फिजियो र प्रबन्धनसँग कुरा गर्नु पर्छ। कुनै सीरीज नखेलेको समय तपाईंले आफूलाई मानसिक रूपले असल स्थितिमा राख्नु पर्छ। बुमराहलाई वेष्ट इण्डिज विरुद्ध वनडे सीरीजमा ब्रेक दिइएको छ। उनले कार्यभार प्रबन्धनबारे भने, खेलको तीनैवटा प्रारूपमा कार्यभार प्रबन्धन मुश्किल छ। शायद केवल पाँच दिन अघि हामीले टेस्ट म्याच खेलेका थियौं। त्यसपछि टी२० अनि अहिले वनडे म्याचहरू खेलिरहेका छौं। यसैकारण मानसिक सामंजस्यको आवश्यकता हुन्छ। तपाईंले तरोताजा बसेर शरीरमाथि पनि ध्यान दिनु पर्छ। शरीर सही रहनु जरूरी छ।
कप्तान रोहित शर्मा झैं बुमराहले पनि बाहिर मानिसहरूले के भनिरहेको छन् भन्ने विषयमा अधिक सोच्नु जरूरी नरहेको बताए। उनले भने, चीजहरूलाई जटिल बनाउनु हुँदैन। बाहिरका कुराहरूमा अधिक दिमाग नलगाउनु नै फाइदाजनक हुन्छ। म न त प्रशंसाले खुशी हुन्छु न आलोचनाले निराश नै। मानिसहरू (विशेषज्ञहरू)-ले जे भन्छन् म त्यसलाई सम्मान गर्छु तर त्यसलाई गम्भीरतापूर्वक लिदिन। त्यो राम्रो होस् या नराम्रो। ईंग्ल्याण्डका पूर्व कप्तान नारिस हुसेनले बुमराहलाई सबै प्रारूपका सर्वश्रेष्ठ बलर बताएका छन्। यसबारे बुमराहले भने, म वर्तमानमा जिउँछु। बाहिर मानिसहरू कुरा गर्छन् अनि सबैको अलग दृष्टिकोण हुन्छ। बाहिरको कुरा सुनेर भ्रमित हुने आवश्यकता छैन। म केवल प्रक्रियामा विश्वास गर्छु अनि टीमको निम्ति म्याच विजेता बलर बन्नु नै मेरो लक्ष्य हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement