जीएमसीको पहलमा सफाई कर्मचारीहरूलाई लिएर स्वास्थ्य शिविर कार्यक्रम आयोजित

IMG-20230922-WA0234.jpg

गान्तोक: स्वच्छ पखवाडा र इन्डियान स्वच्छ लीग २.० अन्तर्गत गान्तोक नगर पालिकाको पहलमा आज राज्यका सफाई कर्मचारीहरूलाई लिएर स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरियो। देउरालीस्थित गान्तोक नगर पालिकाको कार्यालयमा आयोजित स्वास्थ शिविर कार्यक्रममा सेन्ट्रल रेफरल अस्पताल व्लड व्याङ्कका चिकित्सहरूको उपस्थिति रहेको थियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा गान्तोक नगर निगमका मेयर निल बहादुर छेत्रक् लगायत अन्य पार्षदहरू पनि सामेल थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर निल बहादुर छेत्रीले यो स्वास्थ्य जाँच शिविर विशेष गरेर स्वच्छ पखवडा र इन्डियान स्वच्छ लीग अन्तर्गत सफाई कर्मचारीहरूको निम्ति आयोजना गरिएको बताए। देशका प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पना अनुसार सो कार्यक्रम आयोजचना गरिएको उनको भनाइ रहेको थियो। गत १५ अक्टोबरदेखि शुरू भएको यस कार्यक्रम आगामी २ अक्टोबरसम्म निरन्तर चल्ने मेयर छेत्रीले जानकारी गराए। यस कार्यक्रम अन्तर्गत ग्रामीण साथै शहरी विकास क्षेत्र अन्तर्गत विभिन्न प्रकारको गतिविधि आयोजचना गरिएको उनले बताए। उनले जानकारी गराए अनुसार सफाई मित्रहरूको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै जीएमसीले नियमित नियमितरूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।हालै जीएमसीले मार्तम ल्यान्डफिल साइटमा नि:शुल्क स्वास्थ्य शिविरको पनि थालनी गरेको थियो, जसमा ल्याण्डफिलमा काम गर्ने सफाइ मित्र र ल्यान्डफिलको परिधिमा बसोबास गर्ने स्थानीय जनताको सहभागिता रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement