खाद्यान्नको स्टोरबारे जागरुकता कार्यक्रम

IMG-20230922-WA0238.jpg

गान्तोक: भारतीय खाद्य निगम, डिभिजनल अफिस गान्तोक अन्तर्गत एफएसडीले रम्फू सिनियर सेकेन्डरी स्कूलका विद्यार्थीहरूका र पत्रकार हरुका लागि फील्ड भिजिट तथा जागरूकता कार्यक्रम आयोजना गरेको छ| यसबीच १० अधिकारी टोलीले कार्य प्रक्रिया, गुणस्तर र वितरण प्रणालीबारेमा विद्यार्थीहरु र मिडियासंग अन्तरक्रिया गरे। कार्यक्रममा उपस्थित अधिकारीहरुले एफएसडीको क्षमता १०,९७० मेट्रिक टन रहेको बताउँदै मासिक रूपमा औसतन २००० देखि २५०० मेट्रिक टन खाद्यन्न आउने गरेको बताए। यसबाहेक, खाद्यान्न मिलसहित भारत सरकारद्वारा त्रैमासिक आधारमा आवन्टित अन्य कल्याणकारी योजनाहरूबारे पनि जानकारी गराए। वर्तमान स्टक स्थिति १०,७२८ एमटी हो जुन लगभग अर्को पाँच महिनाको लागि राज्यलाई पूरा गर्न पर्याप्त छ भनी बताए। सिलगढीबाट ट्रक आइपुग्दा यसको कूल तौल निर्धारण गर्न तौल पुलमा तौलिन्छ र सामग्री अनलोड गरिसकेपछि, खाद्यान्नको शुद्ध वजन पत्ता लगाउन खाली ट्रकलाई फेरि तौलिने गरिएको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement