गान्तोक:१८ सदस्यीय सिक्किम पर्यटन सरोकारवालाहरूको टोली “एशियन टुरिज्म फेयर” ढाका २०२३ मा भाग लिन ढाका पुगेको छ। टोलीमा ट्राभल्स एजेन्ट एसोसिएशन अफ सिक्किमक पदाधिकारीहरु सिक्किम होटल एन्ड रेस्टुरोन्ट एसोसिएशनका कार्यकारी सदस्यहरू सामेल छन्। टोली मिताली एक्सप्रेसमा चढेर २० सेप्टेम्बरको दिन ढाका पुगेको थियो। मेला उद्घाटन समारोहको सुरुवात एटीएफ ढाकामा स्वागत कार्यक्रमबाट भएको थियो। जहाँ कार्यक्रम प्रमुख अतिथि,नागरिक उड्डयन मन्त्री मोहम्मद महबुबको उपस्थितिमा सुरु भएको थियो। प्रमुख अतिथिले सिक्किम टुरिज्म स्टलको पनि भ्रमण गरे। जहाँ सिक्किमका सरोकारवालाहरूले सिक्किमका मोमेन्टो र अन्य उपहारहरूजन्य सामानहरु राखेका छन्। सरोकारवालाहरू सिक्किमको प्रतिनिधित्व गर्न पाउँदा खुसी भएका छन्। यहाँ टोलीले बंगालदेशका धेरै ट्राभल एजेन्टहरूसँग सम्पर्क गर्न सक्षम भयो जसले आफ्ना पाहुनाहरूलाई कोलकाता र दिल्ली हुँदै लामो बाटो भएर सिक्किम पठाउने गर्थे अब सोझै सम्पर्क गरिने तय भएको छ। टोलीमा सामेल सरोकारवालाहरूले यस कार्यक्रमको हिस्सा बन्ने मौका पाएकामा सरकारप्रति आभार व्यक्त गरेको छ।