वनडेमा सबैभन्दा तेज १५० विकेट लिने भारतीय बलर बने शमी

IMG-20220713-WA0181.jpg

१३ जुलाईः भारत र ईंग्ल्याण्डबीच ओवलमा खेलिएको तीनवटा वनडे म्याचको सीरीजको पहिलो म्याचमा भारतीय पेस बलर मोहम्मद शमीले हउटा ठूलो रेकर्ड बनाए। शमीले ईंग्ल्याण्डका तीनजना ब्याटरलाई आउट गर्नको साथऐ सबैभन्दा कम्ती म्याचमा १५० विकेट लिने भारतीय बलर बने। यस मामिलामा उनले अजीत अगरकरको रेकर्ड तोड़े। शमीले ८० वटा म्याचमा आफ्नो १५० विकेट पूरा गरे जबकि अगरकरलाई यस उपलब्धिसम्म पुग्न ९७ वटा म्याच लागेको थियो। ओवलमा जसप्रीत बुमराहको साथमा शमीले मैदान थर्काए। शमीले ७ ओभरमा ३१ रन खर्च गरी ३ विकेट लिए। उनले बेन स्टोक्स (०), जोस बटलर (३०) र क्रेग ओवरटन (८)-को महत्त्वपूर्ण विकेट लिए।
यसबाहेक समग्रमा वनडे क्रिकेटमा सबैभन्दा तेज १५० विकेट हासिल गर्ने मामिलामा उनी अफगानिस्तानका राशिद खानसँग संयुक्त रूपले तेस्रो स्थानमा पुगे। राशिद र शमी दुवैले ८० वटा म्याचमा १५० वटा विकेट पूरा गरे। वनडे क्रिकेटको इतिहासमा सबैभन्दा तेज १५० विकेट हासिल गर्ने रेकर्ड अष्ट्रेलियाका पेस बलर मिचेल स्टार्कको नाममा रहेको छ, जसमा केवल ७७ वटा म्याचमा यस उपलब्धिलाई हासिल गरेका थिए। यस सूचीमा दोस्रो स्थानमा पाकिस्तानका पूर्व स्पिनर सकलेन मुश्ताक रहेका छन्। सकलेनले ७८ वटा म्याचमा १५० विकेटको माईलखुट्टी हासिल गरेका थिए।
यसबीच म्याचको कुरा गर्दा भारतले तीनवटा वनडे म्याचको सीरीजको पहिलो म्याचमा ईंग्ल्याण्डलाई १० विकेटले पराजित गऱ्यो। यो ४८ सालमा पहिलो मौका हो, जब भारतले ईंग्ल्याण्ड विरुद्ध १० विकेटले जीत हासिल गऱ्यो। भारतले ईंग्ल्याण्ड विरुद्ध पहिलो वनडे म्याच १९७४-मा खेलेको थियो। भारतले म्याचमा टस जितेर पहिला बलिंग गर्ने फसेला गऱ्यो अनि जसप्रीत बुमराह (१९ रनमा ६ विकेट)-को रेकर्ड प्रदर्शन अघि ईंग्ल्याण्डको टीम २५.२ ओभरमा केवल ११० रन बनाएर अलआउट भयो। यो ईंग्ल्याण्डको भारत विरुद्ध अहिलेसम्मको सर्वनिम्न स्कोर हो। जवाफमा भारतले १८.४ ओभरमा कुनै विकेट नगुमाइ ११४ रन बनाएर म्याच जित्यो। रोहित शर्माले ५८ बलमा सर्वाधिक अविजित ७६ रन बनाए। यसरी नै उनका साथी ओपनर शिखर धवनले ५४ बल खेलेर अविजित ३१ रन बनाए। रोहितले आफ्नो अर्द्धशतकीय इनिघङ्ग्समा ७ वटा चौका र ५ वटा छक्का लगाए। यी दुई टीमबीच दोस्रो वनडे म्याच बिहीवार खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement