चिनको हान्झाउ सहरमा शनिवार सुरु हुने १९औँ एशियाली खेलकुदमा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दोका वीरबहादुर महराले मार्चपासमा नेपालको झण्डा बोक्ने भए

Screenshot_20230922_183731_Dailyhunt.jpg

कठमाडौँ: देशकाे झण्डा बोक्ने अवसर देशका चर्चित खेलाडीले पाउने प्रचलन छ।त्यसअनुसार १२औँ र १३औँ दक्षिण एशियाली खेलकुद सागमा लगातार दुई स्वर्णपदक जितेकी निमा घर्ती मगर र १३औँ सागमा स्वर्णपदक जितेका वीरबहादुर महरा छानिएको नेपाल ओलिम्पिक कमिटीले जनाएको छ।
अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आईओसीले सन् २०२० को टोकियो ओलिम्पिक्सपछि प्रत्येक राष्ट्रले महिला र पुरुषलाई झण्डा बोक्ने दिइने नियम बनाएको थियो।त्यसअघि एक चर्चित खेलाडीलाई मात्र झण्डा बोक्ने दिने प्रचलन थियो।नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार विगतमा एक खेलाडीले मात्र झण्डा बोक्ने गरेकोमा लैङ्गिक समानतालाई ध्यानमा राखेर झण्डा बोक्नुपर्ने नियम बनाएको हो।ओलिम्पिक्स, एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदजस्ता खेल महोत्सवमा राष्ट्रको झण्डा बोक्नुलाई ठूलो सम्मानको रूपमा हेरिन्छ।
अन्तर्राष्ट्रिय खेलकुदमा उपलब्धि हासिल गरेका चर्चित खेलाडीहरूलाई त्यस्तो अवसर प्रदान गर्ने प्रचलन छ।

यसअघि पुरुषतर्फ ओलिम्पिक खेलमा भाग लिइसकेका पौडीका एलेक्जेन्डर शाहलाई नेपालको झण्डा बोक्न दिने भनिएको थियो।तर उद्घाटन समारोहकै भोलिपल्ट एलेक्सको प्रतिस्पर्धा रहेकोले उनी मार्चपासमा सहभागी हुने छैनन्।
लामो समय रङ्गशालाभित्र पर्खिनुपर्दा खेलाडीहरू थकित भई प्रदर्शनमा नै असर पर्न सक्ने भएकाले लगत्तै खेल्नुपर्ने खेलाडीहरूलाई उद्घाटन समारोहमा सहभागी गराउने गरिँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *