जमानतमा जेलबाट बाहिर आएका अपराधीले फेरि गरे चोरी

IMG-20230920-WA0051.jpg

सिलगढी: पाँच दिनअघि धरौटीमा छुटेका अपराधीले फेरि एकपटक चोरी गरेका छन्। जसलाई पुलिसले फेरि पक्राउ गरी जेल चलान गरेको छ। पक्राउ परेका अभियुक्तको नाम एमडी अफजल रहेको छ। आरोपित एमडी अफजल पुरानो अपराधी रहेको बताइएको छ। करिब २० दिनअघि माटिगरा पुलिस थानाले अफजल र उनका चार सहयोगीलाई लुटपाट प्रयासको आरोपमा पक्राउ गरेको थियो, त्यसपछि उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो। १४ दिन जेल बसेपछि अफजल करिब ५ दिनअघि मात्रै जमानतमा रिहा भएका थिए। जेलबाट निस्कने बित्तिकै अफजलले फेरि चोरी र जबरजस्ती गर्न थाले। गत बुधबार माटिगराको न्यू कोलोनी क्षेत्रमा रहेको घरमा चोरीको घटना भएको थियो।पुलिस थानामा लिखित उजुरी परेपछि माटिगरा पुलोस थानाले यस विषयमा अनुसन्धान थालेको थियो। यसपछि हिजो राति अफजललाई चोरीको आरोपमा पक्राउ गरिएको थियो। आरोपी अफजलसँग सोधपुछ गरेपछि पुलिसले लाखौं रुपैयाँको चोरीको सुनका गहना पनि बरामद गरेको छ।अभियोगलाई आज माटिगारा पुलिस थानाले सिलगढी अदालतमा पेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement