कालेबुङ नगरपालिकाको वार्ड नम्बर सातमा शहरी सुस्वास्थ केन्द्रको शुभारम्भ

IMG-20230922-WA0198.jpg

कालेबुङ: आज एक कार्यक्रमको साथमा कालेबुङ नगरपालिका अधिनस्त पर्ने वार्ड नम्बर सातमा नगरपालिकाद्वारा निर्माण गरिएको शहरी सुस्वास्थ केन्द्रको शुभारम्भ गरिएको छ। कार्यक्रममा नगरपालिका प्रशासक रवि प्रधान प्रमुख रूपमा उपस्थित थिए भने उप-प्रशासक भीम अग्रवाल नगरपालिका स्वस्थ विभागीय नुडल्स अफिसर डाक्टर जिम्बा क्षेत्रीय सभासद बिकास राई लगायत सम्बन्धित स्वस्थ विभागका विभिन्न तहका अधिकारीहरु आशा कर्मी लगायत क्षेत्रवासीहरुको बिशेश रूपमा उपस्थिति थियोे। हाम्रो निम्ति यस केन्द्रको निर्माण गर्न निक्कै चुनौतीपूर्ण थियोे यद्यपि अन्ततः सबैको सहयोगमा सफलतापुर्वक निर्माण पुरा गर्न सकियो यसको निम्ति सबैलाई आभार प्रकट गर्न चहान्छु नगरपालिका अध्यक्ष रबी प्रधानले बताए भने यस केन्द्रले स्थानीयहरुसगै धेरै ग्रामीण क्षेत्रका मानिसहरुलाई सुविधा हुने प्रधानले बताए अर्कोतिर यो केन्द्रलाई स्थानीयवासीहरुकै असुविधालाई ध्यानमा राख्दै निर्माण गरेको तथा केन्द्रमा जिल्ला अस्पतालकै सरह सुविधाहरु क्षेत्रवासीले पाउने नगरपालिका स्वस्थ अधिकार डा जिम्बाले बताए साथमा चाडै जिल्ला अस्पतालमा सरह विभिन्न टेस्ट गर्नसक्ने मेसिनलाई केन्द्रमा जडान गर्ने जिम्बाले थप बताए। स्मरण रहोस् नगरपालिकाको वार्ड नम्बर सात ग्रामीण क्षेत्रसग जोडिएको वार्ड हो भने यस केन्द्रको माध्यमबाट केवल नगरवासीहरुले मात्रै नभएर वरिपरिको ग्रामिण क्षेत्रवासीले स्वस्थको सुविधा लिन सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement