सिलगढीका तीनजना खेलाडीलाई खेल सामग्री प्रदान

Capture6-6.png

सिलगढी: एसजेडीएका चेयरम्यान सौरभ चक्रवर्तीले सिलगढीका तीनजना खेलाडी क्रमैले एथलिट सीमा चक्रवर्ती, क्रिकेट खेलाडी सिन्जिनी सरकार र टेबल टेनिस खेलाडी देवराज भट्टाचार्यलाई खेल सामग्रीहरू प्रदान गरे। यी तीनजना खेलाडीले आ–आफ्नो खेलमा पटकपटक उत्कृष्ट प्रदर्शन गरेर आफ्नो जिल्लाको नाम रोशन गरेको छ। आर्थिक संकटले भविष्यमा खेल्नमा बाँधा दिइरहेकोले गर्दा तिनीहरूले सिलगढी जलपाईगढी विकास बोर्डका अध्यक्ष सौरभ चक्रवर्तीलाई यसबारे जानकारी गराए। यसपछि आज अध्यक्ष सौरभ चक्रवर्तीले सिलगढी जलपाईगढी विकास बोर्डको कार्यालयमा ती तीनजना खेलाडीलाई खेल सामग्रीहरू प्रदान गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement