कोलकाताः पश्चिम बंगालका राज्यपाल भएको नाताले राज्यका सबै विश्वविद्यालयहरूका पदेन कुलाधिपति डा. सीवी आनन्द बोसले अन्ततः कुलपतिहरूको नियुक्तिको निम्ति ठूलो कदम उठाएका छन्। सुप्रीम कोर्टको आदेशानुसार उनले एक सर्च कमिटीको घोषणा गरेका छन्। गत १५ सेप्टेम्बरमा सुप्रीम कोर्टले सर्च कमिटी गठन गर्ने आदेश दिएको थियो। त्यही अनुसार शुक्रवार राज्यपालले यस्तो एक सर्च कमिटी बनाइएको बताए।
उनल भने, विश्वविद्यालयका स्थायी कुलपतिको चयनको निम्ति प्रस्तावित खोज समितिका सदस्यहरूको नाम शीर्ष अदालतलाई पठाइएको छ। यद्यपि, राज्यपालले राजभवनले जुनसदस्यहरूलाई सर्च कमिटीको निम्ति चिह्नित गरेको छ, उनीहरू यही राज्यका निवासी हो कि होइनन् यसबारे जवाफ दिएनन्।
सुप्रीम कोर्टले तीनै पक्ष- राज्य, राज्यपाल र विश्वविद्यालय अनुदान आयोग (यूजीसी) लाई खोज समितिका सदस्यहरूलाई नामित गर्नका लागि पाँच नाम प्रस्तुत गर्नलाई भनेको थियो। त्यही अनुसार पाँचजनाको नाम पठाइएको छ, राज्यपालले भने।
-हिस