घुसपैठ गरेका दुई बांग्लादेशी पक्राउ

00-1-Chhetriya-Samachar-1

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत १५औं बटालियन बीएसएफको बीओपी दाइखाताका सतर्क सीमा प्रहरीहरूले दुई बांग्लादेशी नागरिकहरूलाई घुसबैठ गरिरहेको समय समाएका छन्। पक्रा परेका बांग्लादेशी नागरिकहरूको नाम मोहम्मद शाजहान (३८) र मोहम्मद हकीम (४६) बताइएको छ।

जानकारी अनुसार, दुवै बांग्लादेशी नागरिकलाई त्यस समय समाइयो जब उनीहरूले बांग्लादेशदेखि भारतमा अवैध रूपमा सीमा नाघ्ने प्रयास गरिरहेका थिए। पक्रा परेका दुवै बांग्लादेशी नागरिकहरूले बीएसएफ जवानहरूलाई बताए, उनीहरू एक भारतीय दलाल तपन राय (२८) को मद्दतले भारतमा प्रवेश गरिरहेका थिए। पक्रा परेका बांग्लादेशी नागरिकहरूलाई बीएसएफले अघिको कारबाहीको निम्ति कोतवाली थानालाई सुम्पेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement