सीमावर्ती क्षेत्रबाट दुई पशु तस्कर पक्राउ

00-1-Chhetriya-Samachar-1

कुचबिहारः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बलको उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी अन्तर्गत ६औं बटालियनका सीमा पुलिसहरूले दुई भारतीय नागरिकहरूलाई पशुहरूको साथ समाएका छन्। पक्रा परेका तस्करहरूको नाम गोपाल तेली र प्रशान्त सरकार बताइएको छ।

जानकारी अनुसार, दुवैलाई त्यस समय समाइयो जब यिनीहरूले भारतदेखि बांग्लादेशमा पशुहरू तस्करी गर्ने प्रयास गरिरहेका थिए। पक्रा परेका दुवै तस्करलाई पशुहरूको साथ अघिको कारबाहीको निम्ति मेखलीगञ्ज थानालाई सुम्पिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement