कोलकातामा डेङ्गूले बुजुर्गको मृत्यु

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा एक पल्ट फेरि डेङ्गूको कारण व्यक्तिको ज्यान गएको छ। मृतकको नाम पिनाक सरकार (६६) बताइएको छ, जसको घर सल्टलेकको ए ई ब्लकमा छ। उनलाई १५ सेप्टेम्बर ज्वरो आएपछि शहरको एक निजी अस्पतालमा भर्ती गराइएको थियो। हिजो राति लगभग १०.१५ बजी उनको निधन भयो। शुक्रवार नर्सिङ होमद्वारा जारी मृत्यु प्रमाण पत्रमा मृत्युको कारण डेङ्गू बताइएको छ।

यस मामिलामा टिप्पणी गर्दै बिधाननगर नगरनिगमको वार्ड नम्बर ३१ का पार्षद सब्यसाची दत्ताले भने, मेरो वार्डको एक व्यक्तिको ज्यान गएको छ, यो दुर्भाग्यपूर्ण हो। यसअघि बिहिवार दुई महिलाको डेङ्गूको कारण मृत्यु भएको थियो। दुवै पश्चिम मेदिनीपुरका निवासी थिए। यसअघि गत ४८ घण्टामा दमदम, उत्तर २४ परगना, दक्षिण २४ परगना र नदियामा चार जनाको डेङ्गूले मृत्यु भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement