कालचिनी ग्राम पञ्चायतका नयाँ प्रधान र उपप्रधानले सम्हाले कार्यभार

a4d65d81-4a5e-43fe-bd3e-e3bc4f8756c4

कालचिनीः ग्राम पञ्चायतका नवनिर्वाचित प्रधान र उपप्रधानहरूले धमाधम कार्यभार सम्हाल्ने क्रममा शुक्रबार कालचिनी ग्राम पञ्चायतमा पनि नवनिर्वाचित प्रधान ज्योति गुरुङ र उपप्रधान जोगेन्दर प्रसाद साहले आ-आफ्नो कार्यभार सम्हालेका छन्।
यस अवसरमा तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो लगायत तृणमूल नेता हैदर अली अन्सारी, अञ्चल सभापति शंकर कुजूर चेयरम्यान अतिश छेत्री एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
पण्डितद्वारा विधि विधानसित पूजा पश्चात रिबन काटेर प्रधान कार्यालयमा प्रवेश पश्चात प्रधान ज्योति गुरुङ र उपप्रधान जोगेन्दर प्रसाद साहले आ-आफ्नो कुर्सी सम्हालेको थियो। यस उपलक्ष्यमा प्रधान र उपप्रधानलाई स्वागत जनाईएको थियो भने सबैलाई मिठाई वितरण पनि गरिएको थियो। अबउसो ग्राम पञ्चायत मार्फत कामहरू सबै सम्पन्न हुने र क्षेत्रको विकासको लागि बिना कुनै भेदभाव काम हुने नवनियुक्त प्रधान ज्योति गुरुङले जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement