तेस्रो राष्ट्रिय टी-२० क्रिकेट च्याम्पियनसिप खेलको निम्ति दिव्याङ प्रकास छेत्री चयनित। जिल्ला परिषद विशाल गुरुङले बढ़ायो मदतको हात।

a9d8d9a4-e415-4d84-b001-278bdedb36b7

कालचिनीः आगामी २८ सेप्टेम्बरको दिनदेखि उदयपुर राजस्थानमा सम्पन्न हुने टी-२० क्रिकेट च्याम्पियनसिप २०२३ को निम्ति बीरपाड़ा निवासी दिव्याङ्ग प्रकास छेत्री चयनित भएको छ। राष्ट्रिय स्तरको दिव्याङ्ग टी-२० क्रिकेट च्याम्पियनसिप खेलमा चुनिएका दिव्याङ्ग प्रकास छेत्रीलाई यसघरी शुभकामना दिन विभिन्न समाजसेवीहरू एवम् सामाजिक संस्थाका प्रतिनिधिहरू तिनको बीरपाड़ा हल्दीबारी लाईनमा पुगेर प्रोत्साहन गरिरहेका छन् भने यसै क्रममा लंकापाड़ाका युवा समाजसेवी अनि वर्तमान अलिपुरद्वार जिल्ला परिषदको कर्माध्याक्ष विशाल गुरुङको वासस्थानमा शुक्रबार बीरपाड़ा हल्दीबारी निवासी दिव्याङ्ग प्रकास छेत्री भेट गर्न पुगेको थियो।
दिव्याङ्ग प्रकास छेत्रीलाई तिनको खेलमा सफलताको शुभकामना दिँदै यातायात खर्च स्वरूप आर्थिक सहयोग गर्न समाजसेवी तथा जिल्ला परिषद सदस्य विशाल गुरुङ अघि आएका छन्। युवा समाजसेवी विशाल गुरुङले लागु पदार्थ औ दुर्व्यसनबाट जोगिन साथै मोबाइलको लतबाट टाढ़ा बस्न एवम् समाज र देशको निम्ति उदाहरणीय काम गर्न खेलप्रति युवाहरू अघि आउन पर्ने आह्वान पनि गरेका छन्। दिव्याङ्ग भएर पनि जुन इच्छाशक्ति र जोश प्रकास छेत्रीको रहेको छ त्यसले सबल र सक्षम युवाहरूलाई ठूलो प्रेरणा दिने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement