खरसाङ: नेहुर बालासन भागोप्रमो श्रमिक संगठन साथै बगानका मुख्य प्रबन्धक एसके पाण्डेसँग सभा सम्पन्न भयो। भागोप्रमो बालासन श्रमिक संगठन प्रतिनिधि टोलिलाई समष्टि सांगठनिक सचिव पुरण तामाङ अनि समष्टि जोनल महासचिव मुकेन्द्र बम्जनको नेतृत्वमा जयश्री कम्पनी अधिनस्थ नेहुर बालासन चियाबगान प्रबन्धक एसके पाण्डेसँग बगानका श्रमिकको अनलाइन पेमेन्ट साथै पाउने अन्य सहुलियहरू विषय लिएर गहन चर्चा-परिचर्चा गरियो। उक्त सभामा प्रमुख उपस्थिति सांगठनिक सचिव पुरण तामाङ, जोनल महासचिव मुकेन्द्र बोम्जन, बालासन युनाइटेड श्रमिक संगठन सचिव राजेश तितुङ, सहसचिव फुर्बा स्याङबो, युवा शक्ति कोडिनेटर विश्वमणि राई, श्रमिक संगठन प्रमुख सल्लाहकार राजीव त्रिखत्री उपस्थित रहेका थिए।









