नाम्ची: नाम्ची जिल्लाअन्तर्गत लाेवर सदाममा आजदेखि गान्धी जयन्तीकाे अवसरमा स्वर्गीय डिल्लीराम तिवारी स्मृति भलिबल प्रतियाेगिता शुरू भएकाे छ। यस प्रतियाेगिताकाे आयाेजना स्थानीय मखमली परिवारले गरेकाे हाे।
यस प्रतियाेगितामा जम्मा १६ दलले सहभागिता जनाएका छन्।
आजकाे उद्घाटन कार्यक्रममा सरकारी ठेकादार एवं समाज सेवक साेनाम शेर्पा मुख्य अतिथि रहेका थिए। आयाेजक समितिका प्रमुख संरक्षक तिलक बस्नेतले जानकारी गराएअनुसार, समाज सेवक साेनाम शेर्पाले राष्ट्रियस्तरमा दाेस्राे स्थान ओग्टन सकेका सदाम उच्चतर माध्यमिक स्कूलकाे पाइप ब्याण्डकाे लागि केही महिनाअघि एक लाख ३२ हजार नगद राशी प्रदान गरेका थिए भने आज पनि उनले यस प्रतियाेगिताकाे सफलताकाे लागि सहयाेग गरेका छन्। उनकाे यस सहयाेगबाट खुशी भएर उनलाई सदामवासीले धन्यवाद दिएकाे उनले बताइए।
यस अवसरमा स्थानीय पञ्चायत अध्यक्ष कला छेत्री, स्टारिङ एकाडमीका प्राचार्य गगन बस्नेत, आयाेजक समितिका अध्यक्ष विनाेद गुरूङ आदिकाे उपस्थिति रहेकाे थियाे।