२२ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा अम मानाबारीले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा अम मानाबारीले डीएफपी झापा (नेपाल)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मनीषले ५५औं र क्रिश छेत्रीले ५६औं मिनटमा गोल गरे । विजेता टीमका खेलाड़ी मनीषलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र मायादेवी क्लबबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा नामी-दामी २० वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ६ र ७ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १० अक्टोबरमा हुनेछ। सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।