आरएसडीडब्ल्यूए सजिलै क्वार्टर फाइनलमा

IMG-20230922-WA0187.jpg

२२ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शुक्रवार सातौं प्री-क्वार्टर फाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको म्याचमा रोंगचोंग सुन्तले ड्राइवर्स वेलफेयर एसोसिएशन (आरएसडीडब्ल्यूए)-ले चिन्लोप सेभेनलाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट कप्तान बीरेन प्रधान र कुञ्जमान थापाले २-२ गोल गरे। यसबाहेक सौरभ तामाङ र रोनिक राईले पनि १-१ गोल गरे। यसरी चिन्लोप सेभेनबाट नुरजांग लेप्चाले २ गोल गरे। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ।

यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement