२० प्रतिशत बोनसको दाबीमा टीसीबीएसयूद्वारा गेटसभा

IMG-20230922-WA0182.jpg

अलिपुरद्वार। कलकत्तामा आयोजित बोनस बैठक पनि विफल भएपछि तृणमूल चियाबारी श्रमिक यूनियन टीसीबीएसयूको पक्षबाट शुक्रबार कालचिनी खण्डको विभिन्न चियाबारीमा गेटसभाको आयोजना गरियो। कलकत्ता बेङ्गल च्याम्बर अफ कमर्समा सीसीपीए र यूनियनहरुमाझ बसिएको बैठकमा मालिकपक्षले ८.५ प्रतिशतको दरमा दिने कुरा राखेपछि सत्तारूढ़ तृणमूल समर्थित टीसीबीएसयू लगायत अन्यान्य जम्मै ट्रेड यूनियनका प्रतिनिधिहरुले यसको जमेर विरोध गर्दै श्रमिकहरुले २० प्रतिशतको दरमा बोनस पाउनु पर्ने तर्क राख्दा दुवैपक्षमा सहमति नबन्दा आगामी बैठक पुनः ५ वा ६ अक्टूबरको दिन सम्पन्न हुने जनाएका छन्।

शुक्रबार यसै कुराको जानकारी गराउन साथै मालिकपक्षलाई २० प्रतिशत बोनसको दाबी मनाउन तृणमूल चियाबारी श्रमिक यूनियनको पक्षबाट चियाकमानमा विहान एक घन्टाको गेटसभा सम्पन्न भएको थियो। यो गेटसभा प्रत्येक दिन सम्पन्न हुने यूनियन नेताहरुले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement