चोरी गरिएको सामग्री सहित एक पक्राउ

IMG-20230922-WA0165.jpg

सिलगढ़ी। मतिगढ़ा न्यू कलोनी क्षेत्रको एउटा घरमा चोरी भएको मामिलामा मतिगढ़ा थानाको पुलिसबलले विश्वास कलोनी क्षेत्रको एकजनालाई पक्राउ गरेका छन्। पक्रा परेका युवकको नाम मोहम्मद अफजल रहेको पुलिसले बताएका छन्। उल्लेखनीय छ, गत २० सेप्टेम्बरको दिन न्यू कलोनीका मुनमुन घोष नामक महिलाको घरबाट सुनको गरगहना, मोबाइल फोन एवम् नगद रुपियाँ चोरी भएको थियो भने उक्त सम्बन्धमा मतिगढ़ा थानामा महिलाले प्राथमिकी दर्ता गरेकी थिईन्।

शुक्रबार विस्वास कलोनी क्षेत्रबाट चोरी भएको सुनको चैन, २ वटा सुनको चुरा, २ वटा सुनको लकेट र एउटा मोबाइल फोन पुलिसले बरामद गर्नको साथै आरोपी मोहम्मद अफजललाई पक्राउ गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement