पश्चिम बंगाल ल क्लर्क एसोसिएशनले १२ सुत्रीय दाबीमा गरे सड़क अवरोध

photocollage_20239221648231.jpg

उत्तर दिनाजपुर/ कोचबिहार। पश्चिम बंगाल ल क्लर्क एसोसिएशनको इस्लामपुर कोर्ट शाखा र माथाभाङ्गा शाखाले शुक्रबार सड़क अवरोध गरे। यस क्रममा दुवै अलग अलग अदालत परिसरमा ऱ्याली निकालेको थियो भने राज्य राजमार्ग सड़क अवरोध गरेको थियो। एसोसिएशनको मूलतः १२ सुत्रीय दाबी रहेको तर सरकारले आजसम्म कुनै ध्यान नदिएकोले यो सड़क अवरोध आन्दोलन एसोसिएशनको शाखाले गरिरहेको एसोसिएशनको उत्तर दिनाजपुर जिल्ला सचिव सुरेश पालले जनाएका छन्। एसोसिएशनको सदस्यहरुलाई बस्ने कुनै ठाउँ नदिएको र पिउने पानीको व्यवस्था पनि नरहेको एवम् अन्यान्य दाबीहरु रहेको तिनले थप बताए।

यता माथाभाङ्गा शाखाका महासचिव अतियार रहमान र अन्यान्य सदस्यहरुले १२ सुत्रीय दाबी पुरा नभएको बताउँदै त्रुटिपूर्ण ल क्लर्क अधिनियमलाई व्यावहारिक बनाउन संसोधन गर्नु पर्ने अनि राइट टु एक्ट लागु गर्नु पर्ने आदि दाबी लिएर माथाभाङ्गा कलेज मोड़मा सड़क अवरोध गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement