पानीघट्टा: नेपाली संसारमा भाषिक एकरुपता ल्याएर हामीलाई एक सुत्रमा बाँध्ने आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती तराईका बिभिन्न क्षेत्रमा पालन गरे। छोटाटिङलिङ नागरिक मंन्चले पनि आदि कवि भानुभक्त आर्चायको जन्मजयान्ती सम्झौता परिवार समाज भवनमा पालन गरे। मंन्चका सचिव मनोहर शर्माद्वारा संनचालित कार्यक्रममा स्थानीय प्राथमिक पाठशालाका पुर्ब प्रधानअध्यापक साथै मंन्चका प्रमुख सल्लाहकार के पी शर्माले भानुभक्तको जीवनी माथि प्रकाश पार्दै भानुभक्तले आफ्नो नाम कसरी रोशन गरेता भन्ने बिषयमा आफ्नो भनाई राख्दै एकजना घाँसीको बुद्वीबाट आफु आर्कशित भएर नै आफ्नो नाम राख्न सफल भएको बिषयमा शिलोकद्वारा बताए।कार्यक्रमलाई मंन्चका उपअध्याक्ष प्रणय घले साथै प्रथामिक पाठशलाका सह शिक्षक रबिन्द्र शर्माले पनि भानुभक्त प्रति बक्तब्या राखे। भाषाको संरक्षण, समबर्द्धन र व्यापक प्रयोग गरौ भन्ने उदेश्य राख्नु पर्ने सबै बक्तहरूले राखे। कार्यक्रममा स्थानीय मानिसहरू देखि मसिना नानीहरूको पनि उपस्थिति रहेको थियो। अर्को पानीघट्टा पुलिस आउट पोस्टले पनि भानुभक्त को २०८औं जन्म जयन्ती पालन गरेको जानकारी प्राप्त भएको छ।









