कालेबुङ: बिहिबार साँझतिर कालेबुङ बाघधारा नजिकै उमा देवी (५५)नामक एक महिलाको हत्या भएको खबर प्रकाशमा आएको छ। उनको हत्याको आरोप उनकै माइली बुहारी पक्राउ परेकी छिन। घटनाको कारण हालसम्म नखुलेको भए पनि परिवारिक अन्तरकलह हुनसक्ने अनुमान लगाइएको छ। यस घटनाको जाँचमा पुलिस प्रशासनले उमा देबी प्रसादकी माइली बुहारी बबिता प्रसाद लाइ हिरासतमा लिएको छ। धारिलो हतियारले प्रहार गरी उमा देबी प्रसाद को हत्या गरेको खबर प्राप्त भएको छ। हत्यारा बुहारी गत केही साल देखी मङ्गलडाडामा बसोबासो गर्दै आइरहेकी थिइन। गाउबासीको भनाइ मुताबिक उनि पहिला देखीनै घरमा झगडा गर्ने गर्थिन।तिनलाई गाउसमाजले गाउँबाट बहिष्कार गरेको गाउबासीको भनाइ छ। गत केही दिन देखी हत्यारा बुहारी बबिता प्रसाद सासु लाइ भेट घाट गर्न आउने जाने गरेको जानकारी प्राप्त भएको छ ।यसैगरी आज आरोपीलाई कालिम्पोङ जिल्ला पुलिसले कालिम्पोङ जिल्ला न्यायलय मा पेश गरेको छ।