अशोज महीनाको झरीले केही राहत

IMG-20230922-WA0127.jpg

जलपाईगढ़ी। शरद ऋतु शुरु भएता पनि मानसूनी कालो बादलले आकास छोपेको कारण पानी झरीको अत्यधिक सम्भावनाले डुवर्समा गरम र चिसोको पार्थक्यमा कुनै परिवर्तन नआएको देखिन्दैछ। अचानक बर्षाको कारण गरमबाट केही राहत डुवर्सवासीले पाईरहेता पनि दुर्गा पूजाको व्यावसायमा असर गरिरहेको व्यावसायीहरु बताउँछन्। किसान र चियाबारी उद्योगको लागि यो बर्षा बरदान साबित भएता पनि प्रतिमा तथा मूर्ति बनाउने एवम् माटोको भाँड़ा बनाउने उद्योगमा यसले नकरात्मक प्रभाव बनाईरहेकोले कुम्हाले र मूर्ति कारीगरहरु चिन्तामा परेका छन्।

ज्ञात रहोस, पछिल्लो २४ घन्टाभित्र डुवर्सको जलपाईगढ़ी जिल्लामा ४१ मिलीमीटर बर्षा भएको छ भने अलिपुरद्वार जिल्लामा ११५ मिलीमीटर बर्षा रेकर्ड गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement