तृणमूल सरकार सबैतिर विफल रहेको विधायक मनोज तिग्गाको आरोप

IMG-20230922-WA0141.jpg

अलिपुरद्वार। भाजपा अलिपुरद्वार जिल्ला सभापति तथा मदारीहाट विधायक मनोज तिग्गाले बोनस बैठक र रोज वृद्धिको बारेमा पार्टीले आफ्नै निर्णय लिने जनाएका छन्। राज्यमा तृणमूल सरकार हरेक मामिलामा विफल रहेको पनि तिनले आरोप लगाएका छन्। विधानसभामा डेङ्गु विषय लिएर चर्चा गर्न समय नदिएको पनि विधायक मनोज तिग्गाले आरोप लगाएका छन्। अलिपुरद्वार सहकारी ब्याङ्कमा भ्रष्टाचार मामिला अलिपुरद्वार बासिन्दाहरुको निम्ति लाजमर्दो विषय भएको र सीआईडीले यसबारे सम्पूर्ण दस्तावेज सीबीआईलाई सुम्पिनु पर्ने तिनले मन्तव्य पोखेका छन्।

About Author

Advertisement