२२ सेप्टेम्बरः भारतकी युवा पहलवान अन्तिम पंघालले विश्व कुश्ती च्याम्पियनशीपमा काँस्य पदकको खेलमा एम्मा जोन्ना माल्मग्रेनलाई पराजित गरी यस टुर्नामेण्टमा भारतको निम्ति पहिलो पदक पक्का गरिन्। यसको साथमा उनले आउँदो साल हुने पेरिस ओलम्पिकको कोटा पनि हासिल गरिन्। अन्तिमले ५३ किग्रा भार वर्गमा काँस्य पदक जितिन्। स्वीडेनकी एम्मा जोन्ना माल्मग्रेन विरुद्ध जीतको साथै १९ वर्षीय भारतीय खेलाड़ी विश्व च्याम्पियनशीपमा काँस्य पदक जित्ने छैटौं भारतीय महिला पहलवान बनिन्। अन्तिम र माल्मग्रेनबीच लड़ाइँको अन्त तक्निकी श्रेष्ठताको आधारमा भयो। उनी पेरिस ओलम्पिकको निम्ति कोटा हासिल गर्ने पहिलो भारतीय पहलवान (पुरुष या महिला) हुन्। यसअघि विश्व च्याम्पियनशीपमा गीता फोगाट (२०१२), बबीता फोगाट (२०१२), पूजा ढांडा (२०१८), विनेश फोगाट (२०१९) र अंशु मलिक (रजत)-ले भारतको निम्ति पदक जितेकी थिइन्।