पद्मश्री करिमुल हकद्वारा नक्कली नर्सिङ ट्रेनिङ सेन्टरविरुद्ध पुलिसमा मामला दर्ता

IMG-20230922-WA0106.jpg

जलपाईगढ़ी। पद्मश्री करिमुल हकले नक्कली दिशारी नर्सिङ ट्रेनिङ सेन्टरविरुद्ध पुलिसमा उजुरी दिएका छन्। हालै जलपाईगढ़ी जिल्ला स्वास्थ्य विभागले सहरको मुटुमा फस्टाएको नक्कली नर्सिङ प्रशिक्षण केन्द्र बन्द गरेको छ।जिल्लाका प्रमुख स्वास्थ्य अधिकारीले नर्सिङ तालिम केन्द्रले दिएको प्रमाणपत्र वैध नभएको बताएका छन्। नक्कली नर्सिङ सेन्टर सञ्चालन गर्ने प्रकरणमा बिहीबार नयाँ मोड आएको छ।
घटनाका सम्बन्धमा करिमुल हकले दिसारी नर्सिङ तालिम केन्द्रका सञ्चालकले तिनको गाउँको नि:शुल्क स्वास्थ्य शिविरमा आफ्नो तालिम केन्द्रको बोर्ड लगाएर छोरीहरूलाई पैसाको बदलामा केटीहरुलाई तालिम दिने गरेको थाहा भयो र केटीहरुलाई तालिम दिएपछि प्रदान गरिएको सर्टिफिकेटको कुनै वैधता नरहेको जनाएका छन्। दिसरी नर्सिङ ट्रेनिङ सेन्टरका प्रमुख शान्तनु शर्माले आफूलाई धोका दिएको र त्यो व्यक्तिले इज्जत नष्ट गरेको आरोप पनि पद्मश्री करिमुल हकले लगाएका छन्। उत्तरबंगालका प्रख्यात सामाजिक कार्यकर्ता पद्मश्री करिमुल हकले यस नर्सिङ ट्रेनिङ सेन्टरका निर्देशक शान्तनु शर्माविरुद्ध ठगीको गुनासो गर्दै नक्कली संस्था विरुद्ध कानुनी कारबाही गर्न लिखित अनुरोध सहित सम्पूर्ण घटनाको सीबीआई जाँचको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement