मिरिक उमाविमा भानु जयन्ती पालन

IMG_20220713_141357.jpg

मिरिक: मिरिक उमाविले विध्यालयकाे बर्ष ब्यापी १२५ओै स्थपना दिवस पालन गर्ने क्रममा आज विधालयमा २०८ओै भानु जयन्ती विविध कार्यक्रमकाे साथमा पालन गर्याे।विध्यालयका शिक्षक प्रभारी सुवास खातीकाे अध्यक्षता अनि शिक्षकहरू अमिर तामाङ अनि सुरेस तामाङकाे संचालनमा पालन गरिएकाे कार्यक्रममा कार्यक्रम अध्यक्ष अनि शिक्षक शिक्षिकाहरूले आदिकविकाे फाेटाे अघि फूल धुप चढाएर श्रद्धाञ्जली अर्पण गरे।यस अवसरमा विध्यालयका विध्यार्थीहरूले रामायण पाठ साथै कविताहरू पठन गरे।

कार्यक्रममा मानवता फाउण्डेसनकाे पक्षबाट अभिशेषक श्रेष्ठ अनि उनकी श्रीमतीले विध्यालयका निम्न वर्गका नानीहरूलाई पठन पाठनमा चाहिने आवश्यक सामाग्री किन्न बर्षनी विध्यालयलाई पचास हजार रूपियाँ प्रदान गर्ने घाेषणा गरे। कार्यक्रममा शिक्षक पराग शर्माले भानुभक्तबारे वार्ता प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement