इरानमा हिजाब नलगाउने महिलाहरूलाई कडा कारबाही, १० वर्षको जेल सजाय

Hijab-Controversy-in-Karnatak-copy

नयाँ दिल्ली: इरानमा महिलामाथि कडाइ गरिएको छ। महिलाहरुका लागि हिजाब लगाउने सम्बन्धमा नयाँ कानुन बनेको छ। यहाँ सार्वजनिक स्थानमा हिजाब लगाउन अस्वीकार गर्ने महिला र त्यसलाई समर्थन गर्नेलाई जेलसहित भारी जरिवानाको व्यवस्था गरिएको छ। एक वर्षअघि इरानमा हिजाबलाई लिएर विवाद भएको थियो र २२ वर्षीया महसा अमिनीको पुलिस हिरासतमा मृत्यु भएको थियो। इरानको संसदले सार्वजनिक स्थानमा हिजाब लगाउन अस्वीकार गर्ने महिला र उनीहरूलाई समर्थन गर्नेहरूलाई भारी जरिवाना र दश वर्षसम्म कैदको व्यवस्था गर्ने विधेयक पारित गरेको छ। यसलाई तीन वर्षको लागि परीक्षणको आधारमा लागू गरिनेछ। त्यसपछि स्थायी कानुन बन्नेछ।

यसबाहेक हिजाब नलगाउने महिलालाई सामान बेच्ने वा अन्य प्रकारको सेवा दिने पसललाई पनि कारबाही गरिने छ। २९० सांसदमध्ये १५२ सांसद यस विधेयकको पक्षमा थिए। यसलाई अन्तिम स्वीकृतिका लागि ‘अभिभावक परिषद्’मा पठाइनेछ। यो धर्मगुरुहरूको एउटा निकाय हो जसले संवैधानिक निगरानीको रूपमा काम गर्छ। महसा अमिनीलाई ‘नैतिकता पुलिसले’ इस्लामिक पोशाकको परम्परा नमानेको भन्दै पक्राउ गरेको हो। त्यसपछि पुलिस हिरासतमै उनको मृत्यु भयो। यो घटनापछि इरानमा केही महिनादेखि प्रदर्शन भएको थियो। जनताले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। क्र्याकडाउनमा ५०० भन्दा बढी प्रदर्शनकारीहरू मारिए र २२ हजार भन्दा बढी मानिसहरूलाई हिरासतमा लिइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *