गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली पुगेका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले नयाँ दिल्लीको विभिन्न अस्पतालमा उपचारधीन २० जना रोगीहरूलाई आर्थिक सहयोग प्रदान गरे। उक्त धनराशि विशेष गरेर पावर डेभलोपमेन्ट कर्पोरेशन लिमिटेडको सीएसआर कोषद्वारा प्रदान गरिएको हो। यस अवसरमा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती, राज्यका मुख्य सचिव भीबी पाठक लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। मुख्यमन्त्रीले रोगी साथै उनीहरुका अभिभावकहरुसँग अन्तरक्रिया गर्दै उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी वर्षमा स्वास्थ्य लाभको कामना गरे।