अन्तर चर्च फुटबल प्रतियोगितामा चार खेल सम्पन्न

IMG-20230921-WA0328.jpg

गातोक: सिक्किम इसाई खेलकूद समितिको तत्वावधानमा गान्तोकस्थित पाल्जर स्टेडियममा आयोजना भइरहेको ९औं अन्तर चर्च फुटबल प्रतियोगिताको आज तेस्रो दिनम ४ वटा खेल खेलाइयो। आजको प्रथम खेल गान्तोक ईपीसीएस र हालेलुयाह चर्च गान्तोककोबीचमा सम्पन्न भएको थियो जसमा १ को विरुद्ध ८ गोलले ईपीसीएस गान्तोक विजय बनेर अघिल्लो चरणमा प्रवेश गरेको छो। यसरी नै दोस्रो खेल एचएफसी राङ्का बनाम अल सेन्टसकोबीचमा सम्पन्न भएको थियो जसमा १ को विरुद्ध ३ ग‍ोलले एचएफसी राङ्का विजयी बन्न सफल बन्यो। सोही प्रकारले तेस्रो खेलमा बेथानी चर्च रानीपुल अनि मंगन युनाइटेडको माझमा रोचक भीडन्त भएको थियो, जसमा १ को विरुद्ध ३ गोलले मंगन युनाइटेड विजयी बन्न सफल बन्यो। यसरी नै आज खेलिएको अन्तिम खेलमा ब्याप्टिस्ट चर्च रानीपूल र सिटी हिल चर्च आरिथाङकोबीचमा रोमाञ्चक भीडन्त भएको थियो, जसमा १ को विरुद्ध २ गोलले ब्याप्टिस्ट चर्च विजयी बनेर अघिल्लो चरणमा पुग्न सफल बनेको छ।आजको यस कार्यक्रममा गान्तोकका सीएलसी अध्यक्ष सञ्जिब गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने सिक्किम संयुक्त कल्याण संघका अध्यक्ष पत्रुस गुरुङ विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए । गत १९ सेप्टेम्बरदेखि शुरु भएको यस प्रतियोगितामा सिक्किमसँगै कालिम्पोङ अनि दार्जिलिङबाट जम्मा ३८ दलहरुले सहभागिता जनाएका छन् । यस प्रतियोगितामा अन्तर्राष्ट्रिय साथै राष्ट्रियस्तरका तीनजना खेलाडीहरुको पनि सहभागिता रहनेछ भने यसको फाइनल खेल आगामी १ अक्टोबरको दिन सम्पन्न हुने आयोजक समितिले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement