सोरेङमा मानसिक स्वास्थ्यमाथि सचेतना कार्यक्रम

IMG-20230921-WA0327.jpg

गान्तोक: राज्य सरकारको स्वास्थ् एवम परिवाल कल्याण विभाग र रिपल्स च्यालेञ्ज फाउण्डेसनको संयुक्त पहलमा मानसिक स्वास्थ र आवश्यकता मूल्याङकनमाथि एक सचेतना कार्यक्रम आयोजना गरियो। सोरेङ जिल्लाको वरिष्ठ माध्यमिक विद्यालय परिसरमा आयोजित सचेतना कार्यक्रममा सामाजिक कार्यकर्ता एवम परामर्शकर्ता बिनिता शर्माले मानसिक स्वास्थ्यको महत्वबारे प्रस्तुति दिँदै मानसिक स्वास्थ्यमा सन्तुलनको आवश्यकतामाथि जोड दिँदै आफ्नो मन्तव्यमा जीवनको तनावसँग जुध्न आत्म-मन नियन्त्रण हुनुपर्ने सुझाव दिइन्। उनले स्वास्थ र सुखी जीवन जिउनका लागि प्रभावकारी तनाव व्यवस्थापनको निम्ति केही सुझाउहरू दिए। यसबाहेक कार्यक्रममा सहभागीहरूले तनाव कम गर्ने विभिन्न अभ्यासहरू, जस्तै ग्राउन्ड र विश्राम प्रविधिहरूबारे ज्ञान हासिल गरे। सोही प्रकारले कार्यक्रममा संयोजक प्रताप सिंह तामाङले उपस्थित मानिसहरूलाई कुनै पनि रोगले ग्रसित रोगीहरूप्रति माया दर्शाएमा उनीहरूको उनीहरूको चिकित्सा समस्या नियन्त्रणमा हुन सक्ने सम्भावना व्यक्त गरे। आजको यस कार्यक्रममा उक्त विद्यालयका प्राचार्य डा. पीबी छेत्री लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement