२१ सेप्टेम्बरः आईसीसी पुरुष वनडे क्रिकेट वर्ल्ड कप शुरु हुन अब केही हप्ता समय बाँचेको छ। यस्तो स्थितिमा क्रिकेटका दिग्गजहरूले टुर्नामेण्टलाई लिएर भविष्यवाणीहरू गरिरहेका छन्। यसबीच भारतीय क्रिकेट टीमका पूर्व अफ् स्पिनर हरभजन सिंहले आईसीसी वनडे टीम ऱ्यांकिंगमा शीर्ष स्थानमा रहने पाकिस्तान क्रिकेट टीमलाई लिएर आफ्नो विचार व्यक्त गरेका छन्। हरभजनले बाबर आजमको कप्तानीमा रहने पाकिस्तानको टीमलाई वनडे प्रारूपमा औसत बताए। उनी पाकिस्तानलाई वर्ल्ड कपको सेमिफाइनल पुग्ने दावेदारहरूमा गन्दैनन्। हरभजनले आफ्नो यूट्यूब च्यानलमा भने, मानिसहरू पाकिस्तान सेमिफाइनलमा पुग्न सक्ने भनिरहेका छन् तर मेरो विचारमा वनडे प्रारूपमा यो टीम औसत छ।
हरभजनले भारत र अष्ट्रेलियाबीच शुक्रवारदेखि शुरु हुने वनडे सीरीजलाई महत्त्वपूर्ण बताए। तीनवटा वनडे म्याचको यस सीरीजमा जीत हासिल गर्ने टीमले वर्ल्ड कपमा पनि खिताबको निम्ति दावेदारी पेश गर्न भज्जीले बताए। उनले भने, मेरो विचारमा भारत, अष्ट्रेलिया र ईंग्ल्याण्डको टीम सेमिफाइनलमा पुग्नेछ तर पाकिस्तानलाई म चौथो टीम मान्दिनँ। त्यसै त धेरैले पाकिस्तानलाई सेमिफाइनलमा पुग्ने टीम मानिरहेका छन् तर मेरो सोच अलग छ। पाकिस्तानको टीमलाई म ५० ओभरको प्रारूपमा औसत मान्छु। यो केवल ठीकठाक टीम हो। टी२० प्रारूपमा चाहिँ पाकिस्तानले असल प्रदर्शन गर्दै आएको छ। यसैकारण म सेमिफाइनलमा पुग्ने चौथो टीमको रूपमा न्यूजील्याण्डलाई रोज्न चाहन्छु।