सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टः एसआरएस यल्लो टीम सेमिफाइनलमा

IMG-20230921-WA0317.jpg

२१ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा बिहीवार तेस्रो क्वार्टर फाइनल म्याच खेलियो। चरम रोमाञ्चक म्याचमा आयोजक सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (एसआरएस)-को यल्लो टीमले सोनादा हाई स्कूललाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट नवांग तामाङ र मयुंक राईले गोल गरे। यसरी सोनादा हाई स्कूलबाट अशोक छेत्रीले १ गोल गरे। म्याच हारे पनि सोनादा हाई स्कूलका प्रकाश गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो।

आजको विजेता एसआरएस यल्लो टीमले सेमिफाइनलमा सेण्ट अल्फन्सस स्कूल, खरसाङको चुनौती स्वीकार्नेछ। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २५ सेप्टेम्बर अनि फाइनल २७ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement