धर्मगुरू दलाई लामाले स्वीकारे सिक्किम भ्रमणको निम्तो

n5398898881695317511177c9d7fb31f3c47353c3903e7e422224594d464fb28c31bebae8189126acfffa75.jpg

गान्तोक: दिल्ली भ्रमणको क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत मन्त्री सोनाम लामाले आज बौद्ध धर्मगुरू दलाई लामासँग धर्मशालामा भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले सिक्किमका जनताको तर्फबाट यस वर्षको अक्टोबरमा सिक्किम भ्रमणको लागि निमन्त्रणा दिए।

अन्तरक्रियाको क्रममा मुख्यमन्त्रीले सिक्किम भ्रमणको निमन्त्रणा स्वीकार गरेकोमा कृतज्ञता व्यक्त गर्दै उनको सिक्किम भ्रमणले राज्यका भक्तहरू र अनुयायीहरूमा व्यापक खुशी छाएको बताए। मुख्यमन्त्रीले समाजका सबै वर्गमा शान्ति र सद्भाव प्रवर्द्धन गर्न राज्य सरकारको अथक प्रयासबारेमा पनि धर्मगरूलाई जानकारी गराए।

निमन्त्रणा स्वीकार गर्दै उनले सिक्किममा आफ्नो न्यानो अनुभव र सिक्किमका जनतासँगको सौहार्दपूर्ण सम्बन्धलाई सम्झँदै सिक्किम भ्रमणको सम्भावनामाथि खुशी व्यक्त गरे। उनले आज मानसिक स्वास्थ्य र शान्तिको प्रवर्द्धनका लागि बौद्ध धर्ममा वैज्ञानिक अवधारणाहरूको बढ्दो चासोलाई उजागर गर्दै तर्कको माध्यमबाट बौद्ध धर्मको प्रवर्द्धन गर्नुपर्ने विषयमा जोड दिए।

उल्लेखनीय छ, प्रत्येक वर्षको २१ सेप्टेम्बरको दिन अन्तरराष्ट्रिय शान्ति दिवसको रूपमा पालन गरिन्छ भने आज धर्मगुरूसँगको भेटमा मन्त्री सोमन लामा, मुख्य सचिव भीवी पाठक, एआरसी तेञ्जिङ गेलेक लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *